लेकसाइड मदिरा व्यवसायीको भित्तेपात्रो बिमोचन

पाेखरा | बैशाख १७, २०८०

लेकसाइड मदिरा व्यवसायीको भित्तेपात्रो बिमोचन

पोखरा:   लेकसाईड मदिरा व्यवसायी समितिले विशेष गजल वाचन कार्यक्रमसहित नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ । 

 

विभिन्न श्रष्टाहरुको गजल बाचनसहित उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशी, लेकसाइड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटा लगायतले नयाँ वर्षको भित्तेपात्रो बिमोचन गरे ।  

 

सो अवसरमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले लेकसाइड क्षेत्रमा रहेका मदिरा व्यवसायीहरुको हकहित र व्यवसायीहरुलाई कानून कार्यान्वयन सँगै व्यवसायीक आचार संहिताको बारेमा संघले सहजिकरण गर्नुपर्नेमा जोड दिए । 
 

त्यसैगरी संस्थाको आचार संहिता विपरित काम गर्ने व्यवसायीहरुलाई कानूनी दायरामा ल्याई सचेत गराउदै व्यवसायीलाई सुदृढ गर्नका लागि व्यवसाय कर, व्यवसायिक संस्थाको नवीकरणको बारेमा आफ्ना सदस्यहरुलाई अभिमुखीकरण गराई संस्थालाई अगाडि बढाउन आग्रह गर्दै बरालले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी काम गर्नसमेत आग्रह गरे । 

 

त्यस्तै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले पर्यटकीय क्षेत्र लेकसाइड संग सुरक्षाको सम्पूर्ण कुराहरु जोडिने भएकाले सम्पूर्ण व्यवसायीहरुले आ¬–आफ्नो जिम्मेवारी बहन गरी पर्यटकीय शहरलाई व्यवस्थित गराउनुपर्नेमा जोड दिए ।

 

सो अवसरमा वरिष्ठ संगीतकार तथा गजलकार नवराज बराल, गजलकार नवराज बराल (निशान्त), गजलकार धु्रव बराल (विपश्वी), गजलकार अमृता पोखरेल लगायतले गलज प्रस्तुत गरेका थिए । 

 

लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दिनदयाल पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव बालहरि बरालले गरेका थिए । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्